रौतहट । रौतहटमा आएर पूर्वराजा ज्ञानेन्द्र शाहले शिव मन्दिरको दर्शन तथा पूजा गरेका छन् । जिल्लाको गरुडा नगरपालिका–६ मा रहेको शिवनगरस्थित शिव मन्दिरमा उनले दर्शन गरेका हुन । दिउँसो निर्धारित समयभन्दा करिब एक घण्टा ढिलो पुगेका पूर्वराजा साह शिवनगर चोकबाट पैदल हिँडेर मन्दिरसम्म पुगेका थिए ।
शिवनगर शिव मन्दिरमा पूर्वराजा शाह दर्शन गर्नकै लागि आउँदा राजावादीले भव्य स्वागत गरेका थिए । धार्मिकस्थल शिवनगरमा पूर्वराजा शाहलाई भव्य स्वागत गरिएको थियो ।
वीरगञ्जबाट महेन्द्र राजर्मागको चन्द्रनिगाहपुर हँुदै अपराह्न अढाई बजे शिवनगर पुग्दा शाहलाई स्थानीय नागरिकले ‘हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ, राजा आउ देश बचाउ जस्ता नारा लगाउँदै भव्य स्वागत गरेका थिए ।
जिल्लाको चर्चित धार्मिकस्थल शिवनगरको भ्रमण तथा पूजापाठ गर्न आएका पूर्वराजा शाहलाई हेर्न जिल्लाको गौर, गरुडा, मौलापुर, कटहरिया, समनपुर, बंकुललगाएत आसपास गाउँका बासिन्दा र छिमेकी जिल्लाबाट पनि सर्मथक आएका थिए ।
करिब १० हजारको संख्यामा आएका दर्शकहरूलाई व्यवस्थापन गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई समेत हम्मेहम्मे परेको थियो । शिवनगरको शिव मन्दिरमा पूर्वराजा शाहले करिब १० मिनेट पूजा आर्चना गरेका थिए ।
प्रतिक्रिया