बारा । कलैया उपमहानगरपालिका १ निवासी लक्ष्मीप्रसाद यादवको सम्झनामा आज उनकी श्रीमती राजभरी देवी अहिरिनले गरिब असहायहरूलाई कम्बल वितरण गरेकी छ्न् । उनी २०६४ सालदेखि प्रत्येक वर्ष माघ १ गते मकर सन्क्रान्तीको अवसर पारेर कम्बल वितरण गर्दै आएकी छन् । कम्बल वितरण गर्दा गरिब असहायहरूलाई थोरै भए पनि यस्तो चिसो याममा राहत हुने राजभरीका छाेरा बिशेश्वरप्रसाद यादवले बताए ।
कम्बल वितरण गरि रहँदा श्रीमान लक्ष्मीप्रसाद यादवलाई सम्झदै एकछिन भावुक हुँदै उनले भनिन्, ‘उहाँले (श्रीमान) गरेको योगदान अब हाम्रा सन्ततीहरूले पनि भोलीको दिनमा निरन्तरता दिनुपर्छ ।’
कम्बल वितरण कार्यक्रममा समाजका अगुवा, राजनीति दल, पत्रकार, विभिन्न संघ संस्थाका प्रतिनिधिलागयतको सहभागिता रहेको थियो । उनले यो वर्ष ३५ जना गरिब असहाय र निमुखाहरूलाई कम्बल वितरण गरेकी हुन् ।
प्रतिक्रिया