बारा । कर्मको ज्ञान समाजमा बाट्न ब्राह्मकुमारी राज योग सेवा केन्द्र कलैयाका मुख्य संचालिका मिना दिदिले आग्रह गरेकी छ्न् । आज बाराको सुवर्ण गाउँपालिका–७ सनफुलवा निवासी स्वर्गीय हिरामती देवीको ७औँ पुण्य तिथि एवं मकर संक्रान्तिको शुभ अवसरमा आयोजित कम्बल वितरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उनले उक्त कुरा बताएकी हुन् ।
समाजको हरेक अग्रणी भूमिका हरेकले आफ्नो जिम्मेवारी बुझ्दै त्यो जिम्मेवार इमान्दारीता पूर्वक निर्वाह गर्न सबैलाई उनले आग्रह गरिन् । हिरामती देवीले समाजलाई जुन किसिमको पुर्याएकी थिइन् त्यो योगदान हरेक मानिसलाई अनुसरण गरी आफ्नो जिवनमा पनि अगाडि बढेर यो जिम्मेवारीलाइ बहन गर्न पनि उनले आग्रह गरेकी हुन् ।
उनले मानिसको हरेक कर्मको फल यहीँ धर्तीमा पाउने भएकाले समाजको हरेक भूमिकामा आफ्नो उतरदायित्व निर्वाह गर्न आग्रह गरिन् । उक्त कम्बल वितरण कार्यक्रममा गोपाल सेवा समितिका उपाध्यक्ष रामधारी प्रसाद यादव, पतञ्जली योग समितिका प्रभारी सुरेश साह कानुलगायतकाले समाजको दुःख–पीडामा कम्बल वितरण गरी पुर्याएको योगदानको प्रशंसा गरेका थिए ।
उक्त कार्यक्रममा ६० जना गरीब निमुखाहरूलाई कम्बल वितरण गरिएको थियो । समाजसेवी तथा गोपाल सेवा समिति वारा शाखाका अध्यक्ष जंगबहादुर प्रसाद यादवको अध्यक्षतामा सपन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य ओमप्रकाश यादव र वेदप्रकाशले संयुक्त रुपमा गरेका थिए भने कार्यक्रम सञ्चालन शिक्षक सुकदेव यादवले गरेका थिए ।
प्रतिक्रिया