महोत्तरी । महोत्तरीको दक्षिणवर्ती मनरा शिसवा नगरपालिका–७ झिङगाथान पछबारी टोलबाट लाखौँको धनमाल लुटपाट भएको छ । लुटेरा समूहको कुटपिटबाट घरका दुई जना महिला घाइते भएका छन् । बिहीबार राति घरेलु हतियारसहित पाँच जनाको संख्यामा आएका हतियारधारी समूहले बैजु साहको घरमा लुटपाट गरको हो ।
उक्त समूहले घरका दुई जना महिला र चार जना केटाकेटीलाई कोठाभित्र थुनेर लुटपाट गरेको पीडितका नातेदार रैजु साहले बताए। आठ–नौ तोला बराबरका सुन चाँदीका गहना, नगद ५० हजार गरी करिब १० लाखभन्दा बढीको धनमाल लुटेको पीडितले जनाएका छन् । परिवारका तीन दाजुभाई लामो समयदेखि वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा गएकाले महिला र नाबालक मात्र रहेको मौका पारी लुटपाट गरेको पीडित परिवारले बताएका छन् ।
हिन्दी भाषा बोल्ने लुटेरा समूहको कुरा गराइले उनीहरु निकटवर्ती गाउँकै बासिन्दा हुन सक्ने पीडित परिवारको अनुमान छ । मनरा शिसवाका नगरप्रमुख मोहन पाण्डेले राति घटेको लुटपाटको घटनाले नगर क्षेत्रको सुरक्षामा प्रश्न खडा गरेको बताए । जिल्ला प्रहरी अपराध अनुसन्धान शाखाका प्रहरी निरीक्षक लोककृष्ण दाहालले घटनास्थलमा प्रहरी परिचालन गरी अनुसन्धान भइरहेको बताए ।
महाेत्तरी
प्रतिक्रिया