पर्सा प्रहरीद्वारा जनचेतनामूलक कार्यक्रम सम्पन्न

वीरगञ्ज । पर्सा प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विभिन्न ठाउँहरूमा जनचेतना कार्यक्रम गरेको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रहरीचौकी महादेवपट्टी पर्साको आयोजनामा जिराभवानी गाउँपालिका–१ महादेवपट्टीस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको प्रांगणमा लागुऔषध कारोबार तथा ओसारपोसार नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको हो । कार्यक्रममा विद्यालयमा कक्षा ७ र ८ मा अध्ययनरत विद्यार्थी, शिक्षक, शिक्षिका लगायतको सहभागिता रहेको थियो । लागुऔषध कारोबार तथा ओसारपोसार नियन्त्रणसम्बन्धी सचेतनामूलक कक्षामा ५८ जनाको सहभागिता रहेको प्रहरीचौकी महादेवपट्टीका प्रहरी सहायक निरीक्षक उमेश यादवले बताए ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली पर्साको आयोजनामा पटेर्वासुगौली गाउँपालिका–४ हरजोतस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयको प्रांगणमा साइबर क्राइमसम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको थियो । कार्यक्रममा कक्षा ४ र ५ मा अध्ययनरत विद्यार्थी, शिक्षक, शिक्षिकाको सहभागिता थियो । उक्त सचेतनामूलक कार्यक्रममा इलाका प्रहरी कार्यालय पटेर्वासुगौली पर्साका प्रहरी सहायक निरीक्षक टैट पंडितले साइबर क्राइमसम्बन्धी जानकारी गराएका थिए ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत अस्थायी प्रहरी पोस्ट भकुवा पर्साको आयोजनामा वीरगञ्ज महानगरपालिका–३ मा लागुऔषध कारोबार तथा ओसारपोसार नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको थियो । उक्त सचेतनामूलक कार्यक्रममा प्रहरीचौकी गणेश टोलका प्रहरी नायव निरीक्षक नारायणप्रसाद लुइटेलको कमान्डमा स्थानीयको सहभागिता थियो ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत अस्थायी प्रहरी पोस्ट इनर्वागाउँ पर्साको आयोजनामा वीरगञ्ज महानगरपालिका–१६ इनर्वागाउँस्थित बालविवाहसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिएको थियो । उक्त सचेतनामूलक कार्यक्रम प्रहरी सहायक निरीक्षक ओकेन्द्र थापाको कमान्डमा भएको थियो ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम इलाका प्रहरी कार्यालय सेढवा पर्साको आयोजनामा जिराभवानी गाउँपालिका–२ सेढवास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको प्रांगणमा लागुऔषध कारोबार तथा ओसारपोसार नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको थियो । कार्यक्रममा स्थानीयको सहभागिता थियो ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रहरीचौकी पिडारीगुठी पर्साको आयोजनामा जगरनाथपुर गाउँपालिका–१ पिडारीगुठीस्थित लागुऔषध सेवनको असरसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरियो । उक्त जनचेतनामूलक कार्यक्रममा प्रहरीचौकी पिडारीगुठीका प्रहरी सहायक निरीक्षक सुरेशकुमार साहको कमान्डमा स्थानीयको सहभागिता थियो ।

यस्तै समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रहरीचौकी रंगपुरटाडी पर्साको आयोजनामा जिल्ला पर्सा पटेर्वासुगौली गाउँपालिका–२ बेल्बामा बालविवाहसम्बन्धी कानुनी प्रावधानसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिएको थियो ।

उक्त जनचेतनामूलक कार्यक्रममा प्रहरीचौकी रंगपुरटाडीका प्रहरी सहायक निरीक्षक सुजित राय भारको कमान्डमा पैदल यात्रु जनप्रतिनिधि र स्थानीय सरोकारवालाको सहभागिता थियो । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत अस्थायी ट्राफिक प्रहरी पोस्ट भन्सारको आयोजनामा पर्साको वीरगञ्ज महानगरपालिका–८ पानीट्यांकीमा ट्राफिक नियमसम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी वरिष्ठ नायव निरीक्षक गुणनिधि खकुरालको कमान्डमा अस्थायी ट्राफिक प्रहरी पोस्ट भन्सारका इन्चार्ज प्रहरी सहायक निरीक्षक वीरबहादुर यादव सहितको टोलीले देशिमल कलेजमा ११ र १२ कक्षाका १ सय ५० जना विद्यार्थीलाई जेब्राक्रसबाट बाटो काट्ने फुटपाथको प्रयोग गर्ने रातको समयमा टल्किने कपडाको प्रयोग गर्ने, जेब्राक्रसबाट मात्र बाटो काट्न हुन, जेब्राक्रस नभएको ठाउँमा दायाँ÷बायाँ हेरेर मात्र बाटो काट्नेजस्ता विषयमा जानकारी गराएका थिए ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया–२ पर्साको आयोजनामा वीरगञ्ज महानगरपालिका–२ मा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी जनचेतनामूलक पर्चा पम्पलेट वितरण कार्यक्रम गरिएको थियो । उक्त सचेतनामूलक कार्यक्रममा सामुदायिक सेवा केन्द्रका वरिष्ठ उपाध्यक्ष अब्दुल हकको अध्यक्षतामा प्रहरी सहायक निरीक्षक ज्ञानबहादुर श्रेष्ठको कमान्डमा पैदल यात्रु, सवारी साधन चालक, व्यावसायी र स्थानीयलाई जानकारी गराइएको थियो ।

प्रतिक्रिया