कपिलवस्तु प्रहरीद्वारा लाखौंको अबैध कपडा बरामद

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका–१ कुकुरभुकवाबाट सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगरले लाखौं मूल्य पर्ने अबैध कपडा बरामद गरेको छ । सशस्त्र प्रहरी नायब उपरिक्षक दिव्यराज कोइरालाले अबैध कपडा बरामद गरेको जानकारी दिएका हुन् ।

सशस्त्र प्रहरी नायब उपरिक्षक दिव्यराज कोइरालाको कमाण्डमा खटिएको टोलीले करिब एक लाख अठारह हजार चार सय चालिस बराबरको भन्सार छलिको अबैध कपडा समातेर आवश्यक कार्यवाहीका लागि कृष्णनगर भन्सार पठाइएको छ । सीमा सुरक्षा तथा तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरी सक्रियताका साथ लागिरहेको छ ।

प्रतिक्रिया