जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण गर्न करिब ८० अर्ब खर्च लाग्ने

ललितपुर । अर्थमन्त्री डा प्रकाश शरण महतले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण गर्न करिब ७५ देखि ८० अर्ब खर्च हुने प्रारम्भिक अनुमान गरिएको बताएका छन् । ललितपुरमा मंगलबार आयोजित जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्प प्रभावित क्षेत्रकाे पुन निर्माण सम्बन्धी बृहत् अन्तरक्रिया कार्यक्रममा भौतिक संरचना निर्माणका लागि करिब ७५ देखि ८० अर्ब रुपैयाँ रकम खर्च हुने बताएका हुन् ।

भौतिक संरचना पुनर्निर्माणका लागि सरकारले १० अर्ब रकम छुट्याएको उल्लेख गर्दै उनले सरकारले थप एक करोड रुपैयाँ छुट्याउन लागेको पनि जानकारी दिए । अपतकालीन काेषले थप २ करोड रुपैयाँ छुट्याएको मन्त्री महतले उल्लेख गरे ।

तत्काल सेल्टरका लागि ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको उनले बताए छ । सो रकम छिटो नै स्थानीय तहमा पुग्ने जानकारी उनको भनाइ छ । हालको स्रोतले भौतिक संरचना पुनर्निर्माणको लागि अपुग भएको उनले बताए । आफ्नो स्रोत बाहेक अरु क्षेत्र बाट रकम जुटाउन पहल भएको मन्त्री शर्माले बताए ।

भौतिक संरचना निर्माण गर्दा वातावरण मैत्री र पुरानो शैलीमा नयाँ प्राबिधिको घर निर्माण गर्न उनले सुझाए । पुनर्निर्माण गर्दा सरकारले भूकम्प प्रतिरोधी घर निर्माण गर्न पहल गर्ने महतले उल्लेख गरे । जाजरकोट केन्द्रबिन्दु बनाएर गत कार्तिक १७ गते ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

प्रतिक्रिया