चितुवाकाे आक्रमणबाट मृत्यु भएकाे भनिएकी महिलाकाे हत्या भएकाे आशंका

काभ्रे । चितुवाको आक्रमणले मृत अवस्थामा फेला परेको भनिएका व्यक्तिको हत्या भएको आशंकामा प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । गत मंसिर ३० गते काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेपुर १० हल्दे बस्ने बर्ष ६५ की कान्छि दमाई घरदेखि ४०० मिटर उत्तरतर्फ छिमेकीको बारीमा मृत अवस्थामा फेला परेकी थिइन् । साे घटना स्थानीयले जंगली जनावर चितुवाबाट भएकाे हुन सक्ने बताएता पनि घटनाको पोष्टमार्टम रिपोर्टमा एनिमल बाइट नदेखिई मृत्युको कारण बुलेन्ट फोर्स इन्जुरी उल्लेख भई आएकाले घटना शंकास्पद देखिएको प्रहरीले जनाएकाे छ ।

प्रहरीले केही मानिसलाई नियन्त्रण लिई अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले बताएकाे छ । घटनाको विषयमा कार्यालयबाट घटना पत्ता लगाउन बिशेष टोली परिचालन गरिएकोमा मृतकले लगाउने गहना सुन पसलमा बेच्न ल्याउने मानिसहरुमाथि शंका लागेकोले काभ्रे जिल्लाको मण्डनदेउपुर १० बस्ने दमाई सिंह तामाङको छोरा बर्ष १७ को बुद्ध तामाङलाई पुस १३ गते नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा राखि कर्तब्य ज्यान मद्धामा दिन ७ को म्याद लिई थप अनुसन्धान कार्य सुरु गरिएको बताइएको छ ।

प्रतिक्रिया