बाराको देवताल गाउँपालिकाको मुख्य ठाउँमा सीसी टिभी क्यामेरा जडान

बारा । बाराको देवताल गाउँपालिकाको मुख्य ठाउँमा सीसी टिभी क्यामेरा जडान गरिएकाे छ । पालिकाकाे मुख्य मुख्य ठाउँमा एक कार्यक्रमका बीच सीसीटिभीक्यामेरा जडान गरिएको हाे । सीसीटिभी क्यामेरा जडान कार्यक्रमको उद्घाटन कार्यक्रमबीच गाउँपालिकाका अध्यक्ष उदय यादवले गरेका थिए ।

उद्घाटन कार्यक्रममा बोल्दै उनले सीसीटिभी क्यामेरा जडानले अब गाउँपालिका सुरक्षित हुने तथा गाउँपालिकामा अनावश्यक किसिमको हुल हुज्जत नहुने बिश्वास व्यक्त गर्नु गरे । सीसीटिभी क्यामेरा गाउँपालिकाको वाडा न २ को रौवाही चाेकमा २ थान, बेनौली चाेकमा २ थान, वडा ३ को पिपरपाती राधाकृष्ण मन्दिर चाेकमा ३ थान, देवापुर चाेकमा २ थान , वडा ४ को वडा कार्यालय नजिक आश्रम चाेकमा २ थान, वडा न ३ को अम्वा चाेकमा २ थान र बड्की फूलबारीया चाेकमा २ थान क्यामेरा जडान गरिएको हो ।

उक्त क्यामेरा जडान कार्यक्रममा वडा न ३ का वडाध्यक्ष रामकिशोर महतो, वडा न ७ का वडाध्यक्ष सतेन्द्रप्रसाद यादव, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नबिनकुमार श्रीवास्तव, योजना तथा प्रशासन प्रमुख राजिव यादव, लेखा प्रमुख गजेन्द्र यादव लगायतकाको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया