वडा प्रहरी कार्यालय प्रमुख बुढाथोकीको बिदाई

सिरहा । वडा प्रहरी कार्यालय सिरहाको कमाण्ड सम्हाल्दै आएका वडा कार्यालय प्रमुख सई विश्वबावु बुढाथोकीको बिदाई गरिएको छ । मातृभुमि युवा समाज नेपालले एक कार्यक्रमको आयोजना गरी बुढाथाेकीकाे बिदाई गरेको हो । ६ महिने कार्यकाल सकिएपछि वडा प्रहरी कार्यालयबाट बिदाई भई जिल्ला प्रहरी कार्यालय सिरहामा हाजिर भएका छन् । शान्ति सुरक्षा, प्रशासनिक सुदृढता र जनगुनासोलाई सम्बोधन गर्दै सफल कार्यकाल बिताएको स्थानीयहरुले बताएका छन् ।

बुढाथाेकी समुदायमा घुलमिल्दाको फरकपन, बौद्धिक क्षमताको प्रभावले सबैको कुरालाई सरल तरिकाबाट बुझ्ने र निकास दिने व्यक्तित्व भएकाे प्रदेश युवा सञ्जाल मधेश प्रदेशका अध्यक्ष मोहम्द नईम राईनले बताए । सई विश्वबाबु बुढाथोकीले वडामा प्रमुखको रुपमा बस्दा सबैको कुरालाई बुझेर सरल तरिकाबाट निकास दिँदै कार्यकाल सफल बनाएको उनले दाबी गरे ।

वडा प्रमुखको रुपमा रहदा विश्वबाबु बुढाथोकीले बाहिरी पक्षलाई मात्र नभएर वडा युनिटमा रहेका भान्से देखि प्रहरी जवान तथा अन्य सबै दर्जाका कर्मचारीको विचारलाई समेट्दै जनमैत्री नीतिको आधारमा अगाडि बढ्दै कार्यकाल सफल बनाएको वडा प्रहरी कार्यालय सिरहाका असई बीरेन्द्र राउत कुर्मीले बताए । ‘प्रहरी संगठनको मापदण्डलाई मिचेर इन्चार्ज बस्ने लोभ छैन् । कहिले गरिन् । गर्दिन पनि । नेपाल प्रहरी संगठनको मर्यादा कायम राख्नुमा मेरो पनि इज्जत लुकेको छ,’ उनले भने,‘उच्च प्रहरी अधिकारीको आदेश र अनुरोधलाई सम्मान गर्दै अघि बढ्ने लक्ष्य लिई काम गर्दै आएको छु ।’ हरेक कुरालाई इगोको रुपमा लिएर त्यसबाट सिको गर्दै सकारात्मकतामा ढालेर अघि बढ्ने बानी रहेको उनले सुनाए ।

चेन अफ कमाण्डमा चलेको प्रहरी संगठनलाई व्यक्तिगत स्वार्थको लागि चेन ब्रेक गरी स्वार्थ पुरा गर्ने गलत परिपाटीको अन्त्य गर्नुपर्ने उनले बताए । उनका अनुसार अनुशासनमा चलेको प्रहरी संगठनको मर्यादा सबैले कायम गरे मात्र संगठनको गरिमा जनमानसमा बढ्नेछन् । चेन अफ कमाण्डमा रहेर काम गर्न मातहत प्रहरीलाई उनले निर्देशन दिए ।

मातृभूमि युवा समाज नेपालका अध्यक्ष मनिषकुमार यादवको अध्यक्षतामा भएको विदाई समारोहमा युवा अभियानकर्मी निरज यादव, सुमित कुमार यादव, सानु कुमार सिंह, अमित मुखिया, लाईफ स्टाईलका संचालक धर्म यादव लगायतले आ-आफ्ना मन्त्वय राखे । सिरहा नगरपालिकाको ९ वटा वडालाई केन्द्रित भई वडा प्रहरीको कार्यक्षेत्र तय गरिएको छ ।

प्रतिक्रिया