अब बाराको पथलैया पटके सेन्टरबाट सवारी अनुमति लिन सजिलो

वीरगञ्ज । बारा जिल्लाको पथलैयामा पटके सवारी शाखाको स्थापना भएको छ । अब बारावासीले सवारीसम्बन्धी सेवाहरु ३६५ दिन पनि लिन सकिने अधिकृत नवाज हुसैनले जानकारी दिएका छन् ।

बारा जिल्लाका बासिन्दालाई एकदमै सजिलो होस् भनेर यसको स्थापना पथलैयामा गरिएको छ । यातायात व्यवस्थासम्बन्धी सेवाहरु अत्यधिक सुविधाजनक सरल सुलभ तरिकाले प्रवाह गर्ने उदेश्यले पथलैयामा यो पटके सेन्टरको स्थापना भएको हो ।

मधेस प्रदेश सरकारको श्रम रोजगार तथा यातयात मन्त्री चन्दन सिंहले बाराको पथलैयामा अस्थायी पटके इजाजत शाखाको उद्घाटन गर्नु हुँदै भने पटके सेन्टर बाट कुनै पनि सार्वजनिक विदा वा अन्य कुनै प्रादेशिक विदाको दिन पनि पटके सेन्टर बन्द रहने छैन । यस सेन्टर लबाट कुनै पनि समय सेवा प्राप्त गर्न सकिन्छ ।

कलैया उपमहानगरपालिका– ३ गंगापुरस्थित शिक्षा तालिम केन्द्र को छेउमा मंसिर २५ गतेबाट स्थापना भइ सञ्चालन मा आएको यातायात व्यवस्था कार्यालय कलैया को समुद्घाटन भई पुस ११ गतेदेखि यातायातसम्बन्धी सेवाहरु प्रवाह भइरहेको छ ।

सोही कार्यालय शाखाको रुपमा रहेको यो पटके सेन्टर पटके सेवा लिन एकदमै सहज होस भन्ने अभिप्रायले पथलैया मा यसको स्थापना भएको अधिकृत हुसेनले बताए । पहिला पटके सवारीको अनुमति लिनको लागि वीरगञ्ज र हेटौँडा जानुपर्ने बाध्यता रहँदै आएको थियो । तर अब सो समस्याको समाधानका लागि बाराको पथलैयामा नै अस्थायी पटके इजाजत शाखा उद्घाटन गरिएको हो ।

पथलैयामा पटके सेन्टरको स्थापनाले पथलैयाबासीमा खुशी छाएको छ । पटके सवारी इजाजत शाखा उद्घाटन भएपछि अबदेखि पटके सवारीको अनुमति लिनको लागि वीरगञ्ज र हेटौँडा जानु पर्ने बाध्यता स्थानिय वासीको भनाइ रहेको छ ।

उक्त कार्यक्रममा मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरी, यातायात व्यवस्था कार्यालय पर्साका प्रमुख, ट्राफिकका प्रहरी नायब उपरिक्षक माधव काफ्लेलगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया