पर्सा । पुस महिना सुरु भएसँगै पर्सालगायत देशभरमै चिसो शितलहर पनि सुरु भएको छ । मंसिरको अन्त्यसम्म खासै नदेखिएको हुस्सु पनि पुस सुरु भएसँगै आजबाट अत्याधिक लाग्न थालेको छ । बिहानैदेखि लागेको हुस्रो दिउसो बाट सुरु भएको शितलहरका कारण धोबिनी गाउँपालिकाबासीलगायत प्रभावित बन्न थालेका छ्न् ।
विशेष गरी विद्यालयमा अध्ययनरत बालबालिका, वृद्धवृद्धा, युवाहरु यसबाट प्रत्यक्ष प्रभावित बनेका छ्न् । अत्याधिक चिसो र निरन्तर शितलहरका कारण विद्यालयहरुको पठनपाठन समेत प्रभावित बनेको धोबिनी गाउँपालिका– ४ मा रहेको श्री कालीप्रसाद लाखे माविका प्रधानाध्यापक मदन साहले बताए ।
विशेष गरी कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरु चिसोबाट बढी प्रभावित हुने गरेको साहले बताए । बाक्लो हुस्सुकै कारण सवारी आवतजावतमा पनि समस्या भएको भिस्वा, धोबिनी, पोखरिया, पटेर्वासुगौली, जिराभवानी पर्सागढी, ठोरी, वीरगञ्ज क्षेत्रका सवारी चालकहरुको भनाइ ्छ । अचानक सुरु भएको शितलहर निरन्तर देखिएमा खेतीबाली पनि प्रभावित हुन सक्ने कृषकहरुको आँकलन रहेको छ ।
पर्सा
प्रतिक्रिया