वीरगञ्ज । पसावन जातिको कुलदेवता सल्हेस बाबा मन्दिर एक व्यक्तिले उक्त मन्दिर र जग्गा कब्जामा लिएका छन् । बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका– ७ जितपुरमा रहेको पसावन जातिको कुलदेवता सल्हेस बाबाको मन्दिर स्थानीय सन्तोष साहले कब्जामा लिएका हुन् ।
४० देखि ५० वर्ष आगडिदेखि नै आफ्नो पासवान जातिको कुलदेवता शैलेस बाबाको मन्दिर रहेको नेपाल दलित मुक्ति मोर्चा मधेस प्रदेश सदस्य चन्द्रशेखर पासवानले बताए ।
पासवानका अनुसार आफूले धेरै निकायहरुमा पनि पहल गरेको तर पनि चारैतिरबाट बाउन्डीरीवाल लगाइसकेको छ । साहले बाउन्डीरीवाल भात्काएन भने आफूहरु बाध्य भएर नगरपालिका र वडा नं ७ को वडा कार्यालय घेराउ गर्ने पासवानले बताए ।
सन्तोष साहसँग उक्त मन्दिरको जग्गा कब्जा गरेको बारेमा सोध्दा आफूले किनेको जग्गा मात्र बाउन्डिरिङ वाल गरेको प्रतिक्रिया दिए ।
प्रतिक्रिया