महोत्तरी । अवनी मिडिया हाउसद्वारा सञ्चालित अनलाईन अखबार जनकपुरपोष्ट डटकमको पत्रकार परिचयपत्र (प्रेस कार्ड) दुरुपयोग गरेर ठगी गर्ने एक जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।
आफूलाई दीपक कर्ण नाम बताउने व्यक्तिले प्रेस कार्डको दुरुपयोग गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । दुरुपयोग गरिएको सो प्रेस कार्ड नक्कली रहेको र सो पास जनकपुरपोष्टको आधिकारिक परिचयपत्र नरहेको अवनी मिडिया हाउसका सञ्चालक अमरेश मल्लिकले स्पष्ट पारेका छन् ।
पक्राउ परेका व्यक्तिले प्रयोग गरेको परिचयपत्रको जनकपुरपोष्टसँग कुनै सम्बन्ध नरहेको समेत सञ्चालक मल्लिकले प्रष्ट पारेका छन् ।
नक्कली कार्ड बनाएर ठगी गर्नेलाई प्रहरीले कानून बमोजिमक कडा कारवाही गर्नुपर्ने उनले माग गरेका छन् । यता, पक्राउ परेकामाथि अनुसन्भान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
महाेत्तरी
प्रतिक्रिया