बारा । बारामा चोरी गरेकाे भैंसीसहित ३ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बारा मातहतकाे प्रहरी चौकी पथलैयाबाट खटिएको टोलीले भैंसीसहित ३ जनालाई पथलैयाबाट पक्राउ गरेको हाे । पूर्वबाट पश्चिमतर्फ जादैं गरेको गरेको बा.प्र. ०३-००१ च.१४०५ नम्बरको पिकअपलाई रोकेर चेंकजांच गर्दा उक्त पिकअपबाट बिल भरपाई समेत खुलाउन नसकेको दूध दिने एउटा भैँसी भेटिएको बारा प्रहरीले जनाएको छ ।
उक्त भैँसी कलैया उपमहानगरपालिका वडा न २४ सखुई टोल बस्ने रामराज चौधरीको गोठबाट चोरी गरिएकाे प्रहरीले जनाएकाे छ । प्रहरीले पक्राउ परेका अभियुक्तको नाम खुलाएको छैन । प्रहरीले पक्राउ गरेका तीनै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको बारा प्रहरीले बताएको छ ।
बारा
प्रतिक्रिया