महोत्तरी । औरही नगरपालिका -७ स्थित सोनामाई भोईलबाट विद्युतीय ट्रान्सफर्मर चोरी भएको छ । चोरी गर्ने समुहले ११ हजार भोल्टेजबाट ट्रान्सफर्मरको तार हटाई त्यहाँ रहेको १०० केभिएको ट्रान्सफर्मर चोरी गरेको औरही नगरपालिका ७ बस्ने रामप्रवेश यादवले बताए । तामाको तार र त्यस भित्र रहेको तेलका लागि ट्रान्सफर्मरको चोरी गरिको स्थानीयले जनाएको छन् ।
औरही नगरपालिका ७ सोनामाई भोईलबाट भंगहा नगरपालिका जाने बाटोको बीचमा औरही नगरपालिका ७ सोनामाई भोईलमा किसानहरु लाई सिँचाइका लागि जडान गरिएको ट्रान्सफर्मर फुटाएर तामाको तार चोरी भएको हो । उक्त ट्रान्सफर्मर गाउँबाट पूर्वतर्फ रहेको खेतमा किसानहरुलाई सिँचाइको जडान गरिएको थियो । सिँचाइका लागि लगाइएको ट्रान्सफर्मर चोरी हुँदा किसानहरु पीडित बनेका छन् ।
चोरीको विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रामगोपालपुरले जनाएकाे छ । हालसम्म यस क्षेत्रमा घरायसी सामग्रीहरु सहित अन्य सामाग्री चोरी हुने गरेको भए पनि यसरी मेन लाईनकाटेरै ट्रान्सफर्मर नै चोरी भएको भने यो पहिलो घटना भएको बिधुत प्राधिकरण गौशाला शाखाका प्रमुख जगरनाथ झाले बताए ।
महाेत्तरी
प्रतिक्रिया