लालबन्दी । सर्लाहीका मिटरब्याजी पीडितहरु विभिन्न माग राखेर आन्दोलित भएका छन् । पीडितहरुले शुक्रवार लालबन्दी नगरपालिका–१ नवलपुरस्थित राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरेका हुन् । बुधवार दिउँसो एक पीडित महिलामाथी जिल्ला प्रशासन कार्यालय सर्लाही परिसरमा साहुबाट कुटपिट भएको थियो । सोही घटनालाई लिएर पुरानोसमेत विभिन्न ८ बुदे माग सहित ज्ञापन पत्र बुझाउन पुगेका संघर्ष समिति सदस्यलाई प्रहरीले पक्राउ गरेको भन्दै पीडित आन्दोलित भएका हुन् ।
प्रहरीले लालबन्दी नगरपालिका निवासी संघर्ष समिति सदस्य फतिमा खातुनलाई पक्राउ गरेको थियो । पक्राउ परेकी खातुनको रिहाईको माग सहित आन्दोलनमा उत्रिएको मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति अध्यक्ष रुमकणी चौधरीले जानकारी दिईन् । चौधरीका अनुसार प्रशासनले कुनै वास्ता नगरेको साहुको पक्षमा वकलात गरेको भन्दै दु:ख व्यक्त गरिन । साथै पीडितहरुले एक घण्टा पुर्व पश्चिम राजमार्गमा सवारी आवागमन ठप्प पारेका थिए ।
जिल्ला प्रहरी कार्यलयले पक्राउ परेकी फतिमालाई रिहाई गर्ने आश्वासन पछि तत्काललाई धर्ना खुलाइएको छ। खातुनलाई रिहाइको लागि जिल्ला प्रहरी कार्यालयमा छलफल भइरहेको छ। आन्दोलन रोकेर पीडितहरु नवलपुर चोकमा भेला भएर बसिरहेका छन् ।
सर्लाही
प्रतिक्रिया