लाखौँ मूल्य बराबरको काँचो काठ बरामद

पर्सा । पर्सागढी नगरपालिका ७ छठीघाट बह्रमबाबा नजिक खोलाको छेउका छुटा छुटै स्थानबाट लाखौँ मूल्य बराबरको काँचो काठ प्रहरीले बरामद गरेको छ । जंगलबाट चोरी कटान गरि काठ तस्करहरुले अबैध रुपमा ल्याएको सो काठ ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरिक्षक रामराजा केसरीको कमाण्डमा गएको टोलीले बरामद गरेको हो ।

काठ लुकाएर राखेको जानकारी पाए लगत्तै ईप्रका एकटनगा, डिभिजन वन कार्यालय रंगपुरका प्रमुख कपिलदेव यादव र बिन्दबासनी, कोइलाभार बढनिहार साझेदारीका अध्यक्ष रिजवान आलमको टोली पुगेर बरामद गरेकोहो । तीन ट्याकटर दाउरा डिभिजन बन कार्यालय बढनिहार पठाएको प्रहरीले जनाएको छ । काठ तस्करहरुले सो चिरपट दाउरा स्थानीय ईटाभट्टामा लाने गरेको आशंका गरएिको छ ।

प्रतिक्रिया