बालुवा लोड भएका पाँचवटा ट्याक्टर पर्सा प्रहरीको नियन्त्रणमा

पर्सा । बालुवा लोड भएका पाँचवटा ट्याक्टर पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । पर्सागढी नगरपालिका– ३ स्थित भेडहा खोला नजिकबाट बिहीबार बिहान ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले बालुवा लोड भएको पाँचवटा ट्याक्टर नियन्त्रणमा लिएको हो ।

पर्सागढी नगरपालिमा अवैधरुपमा बालुवा उत्खनन् गरी लोड गरिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीको निर्देशनमा खटिएको टोलीले सो पाँचवटा ट्याक्टर नियन्त्रणमा लिएको बताइएको छ ।

पर्सागढी नगरपालिका– ३ स्थित भेडाहा खोलाबाट उत्खनन् भइराखेको गोप्य सूचनाको अधारमा प्रहरी चौकी मिलन चोक पर्साबाट खटिएको टोलीले बालुवा लोड भइरहेको अवस्थामा ना ७ त १२९६ ना ७ त ४२०५, ना ७ त ७०३, ना ६ त ७६५५, प्र २०३ ००१ त ४७४७ नम्बरका पाँचवटा ट्याक्टर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । सो बालुवा लोड भएका ती ट्याक्टर प्रहरी चौकी मिलन चोकमा राखिएको छ ।

प्रतिक्रिया