खुन डाँका मुद्दामा जन्मकैदको सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

सिराहा । सिराहामा खुन डाँका मुद्दामा जन्मकैदको सजाय तोकिएका फरार प्रतिवादी पाँच वर्षपछि पक्राउ परेका छन् । जिल्लाको कल्याणपुर नगरपालिका– १२ बेल्हा का ५६ वर्षीय इब्राहिम मियालाई सिराहा नगरपालिका– ७ अस्पतालस्थितबाट प्रहरीले पक्राउ गरेको हो ।

फरार मियालाई खुन डाँका मुद्दामा उच्च अदालत जनकपुर राजविराजले १८ पुस २०७५ मा २० वर्ष (जन्मकैद) को सजाय फैसला सुनाएको थियो ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको प्रहरी टोलीले मंगलबार सिराहा नगरपालिका– ७ अस्पतालस्थितबाट पक्राउ गरेर बुधबार जिल्ला अदालतमा पेश गरेको थियो । अदालतको आदेशमा मियालाई कैद भुक्तानको लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

प्रतिक्रिया