लालबन्दी । सर्लाहीको कविलासिमा दलित युवा नेतृत्व विकास अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ । सामरी उत्थान सेवा र दलित स्टोरी क्लवको संयुक्त आयोजनामा कार्यक्रम भएको हो । क्लवका अध्यक्ष ओमकुमार पासवानको अध्यक्षता तथा नगरप्रमुख ब्रम्हदेव यादवको प्रमुख आतिथ्यमा श्री जनता आधारभूत विद्यालयको भवनमा कार्यक्रम गरिएको सामरी उत्थान सेवाका मनोज पासवानले जानकारी दिए ।
कार्यक्रममा कार्यपालिका सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत विष्णु यादव, राजनीतिक दलका प्रमुख, प्रतिनिधिहरु, मानव अधिकार रक्षक समितिका सहसचिव लक्ष्मी पासवान, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका अध्यक्ष राजेश पासवान, दलित अगुवा बुद्धीजिवी तथा दलित स्टोरी क्लवका पदाअधिकारीहरु गरी ४० जनाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका अध्यक्ष राजेश पासवानले कार्यक्रमको सहजिकरण गर्दै नेपाल सरकारले दलितहरुको पक्षमा सुविधाजन नीति, कार्यक्रम ल्याएको भएता पनि प्रभावकारी कार्यान्वयनमा समस्या देखिएको बताएका थिए ।
साथै प्रदेश सरकारले ल्याएको दलित सशक्तिरण ऐन २०७६ मात्र कार्यान्वय भए पनि दलितहरुको मुहारमा खुशीयली छाउन सक्ने अवस्था रहेको तर त्यसो हुन नसकिरहेको उनले प्रष्ट्याए । कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवले दलितहरुको उत्थानको लागि नगरपालिकाको योजनामा बजेट राख्न पहल गर्ने प्रतिबद्धता जनाए ।
त्यसैगरी नगरप्रमुख यादवले आफू जनताको मान्छे भएकाले जनताको कामको लागि सँधै तयार रहेको बताए । जातिय विभेदका कुरा नगरपालिका बाहिर राख्ने बताउँदै नगरप्रमुख यादवले दलित समुदायले उठान गरेको मुद्दामा सहयोग गर्ने र दलित बालबालिकाको शिक्षामा बिशेष पहल गर्ने प्रतिबद्धता जनाए ।
नगरप्रमुख यादवले दलित सशक्तिकरणको लागि दलित सशक्तिकरण ऐनमा रहेर ऐनको मर्म अनुसार कार्य अघि बढाउन समिति गठनका निम्ति विशेष सहयोग गर्नुका साथै समितिलाई आफ्नो कार्य सुरुवात गर्न निर्देशनसमेत दिए । सामरी उत्थान सेवाले दलित, महिला र सिमान्तकृत समुदायको हितमा करिव २० वर्षदेखि निरन्तर सक्रियरुपमा कार्य गर्दै आइरहेको छ ।
त्यसैगरी सामरीले दलित समुदायको आर्थीक विकासका लागि लालबन्दीमा २ ओटा सहकारी खडा गरेको छ भने करोडभन्दा माथिको कारोवार गर्ने दुवै सहकारी संस्था समुदायमा हस्तान्तरण भइसकेको छ । साथै सामरीले दलित समुदायको सवालमा सामाजिक विकासका निम्ती समुदायमा अधारीत दुईवटा कार्यसञ्जाल संस्था पनि स्थापना गरेको छ ।
सामुहिक शौचालय निर्माण गरी हरिपुर र लालबन्दी नगरपालिकामा हस्तान्तरण समेत गरिसकेको सामरीले हाल दलित युवा परिचालन गरी दलित सवालमा स्टोरी लेखनको माध्यमबाट दलित युवाहरुको क्षमता विकास, युवा सवालको वहस र पैरवी गरिरहेको सामरीका मनोज पासवानले जानकारी दिए ।
प्रतिक्रिया