काभ्रेमा हिटर बालेर सुत्दा पूर्ववडाध्यक्ष लामाको मृत्यु

काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका– १ का पूर्ववडाध्यक्ष कर्मा ग्याल्बो लामाको हिटर र कोइला तापेर सुत्दा मृत्यु भएको छ । गएराति काभ्रे नमोबुद्ध–१ बस्ने ८२ वर्षीय कर्मा ग्याल्बो लामा र उनकै श्रीमती ८१ वर्षीया असनी लामा आफ्नै घरको सुत्ने कोठामा खाना खाएर सुतिरहेको अवस्थामा मंगलबार बिहान अबेरसम्म नउठेपछि छोरा बुहारीले ढोका खोलेर हेर्दा बेहोस रहेको देखेपछि अस्पताल ल्याइएको थियो ।

मृतक लामाकै छोराले उपचारको लागि धुलीखेल अस्पताल बिहान लागेका थिए । प्रहरीको विवरण अनुसार ८ बजे प्राप्त सूचनालाई प्रहरी टोलीले खटिएको, लामा परिवार बस्ने ठाउँमा हिटर र फलामको कराइमा आगो बालेर झ्याल ढोका बन्द गरी सुतेको तर बिहान बेहोस आवस्थामा रहेको बताइएको छ ।

लामाको उपचारको क्रममा मंगलबार बिहान १० बजे धुलिखेल अस्पतालले मृत्य घोषणा गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले उनकी श्रीमतीको अवस्था मध्यम रहेको र थप उपचार भइरहेको बताए ।

प्रतिक्रिया