कपिलवस्तुका जनप्रतिनिधिद्वारा छाडा पशु चौपाया व्यवस्थापन गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

कपिलवस्तु । कपिलवस्तु जिल्लाको प्रमुख समस्याको रुपमा रहेको छाडा पशुचौपाया व्यवस्थपन गर्न भन्दै जिल्लाका जनप्रतिनिधिसहितको एक टिमले प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएको छ ।

छाडा चौपाया व्यवस्थापन गम्भीर समस्याको रुपमा देखिएकाले उक्त समस्याको समाधानको मागसँगै जाजरकोट भूकम्प पीडित प्रधानमन्त्री उद्धार कोषमा जिल्लाको तर्फबाट २२ लाख प्रदान गरिएको हो ।

उक्त कार्यक्रमा कपिलवस्तुका प्रतिनिधिसभा सदस्य एवं महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्य, राष्ट्रियसभा सदस्य विमला घिमिरे, जिल्ला समन्वय समिति प्रमुख बाबुराम आचार्य, बाणगंगा नगरपालिका प्रमुख चक्रपाणी अर्याल, कपिलवस्तु नगरपालिका प्रमुख सुदिप पौडेल, बुद्धभुमि नगरपालिकाका प्रमुख केशवकुमार श्रेष्ठ, कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाह, विजयनगर गाउँपालिका प्रमुख गोपालबहादुर थापालगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया