राइनासको कोकेगाँउमा पौष १३ गते तमु ल्होसार मनाउने तयारी

लमजुङ । लमजुङको राइनास नगरपालिकामा तमु ह्युला छोदी राइनास नगरकमिटिको आयोजनामा बिहिवार कर्मदा तमु समाज राइनास ८ को भवनमा तमु ल्होसार विशेष पूर्व तयारी कार्यक्रम सम्पन्न भएको छ ।

आउदै गरेको तमु ल्होसार नगरस्तरीय रुपमा पौष १३ गते राइनास नगरपालिका वडा नं १० को कोकेगाँउमा बृहत तरिकाले मनाउने निर्णय भएको तमु ह्युला छोदी राइनास नगरकमिटीका अध्यक्ष खड्गबहादुर गुरुङले बताए ।

यस्तै १५ गते ल्होसरको दिनमा भने हरेक वडामा रहेका गुरुङ समाजले आ-आफ्नै वडामा मनाउने निर्णय भएको कर्मदा तमु समाज राइनास ८ का अध्यक्ष लिलिजङ्ग गुरुङले जानकारी दिए । पूर्व तयारी कार्यक्रममा प्रदेश गुरुङ समाजका प्रतिनिधि प्रत्येक वडाका गुरुङ समाजका प्रतिनिधि गरी २१ जनाको सहभागिता रहेको उनले बताए ।

प्रतिक्रिया