प्युठानमा जीप दुर्घटना : एकको मृत्यु, पाँच जना घाइते

प्युठान । प्युठानको स्वर्गद्वारी नगरपालिकामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । त्यस्तै दुर्घटनामा परेर पाँच जना घाइते भएको प्रहरीले जनाएको छ । प्युठानको स्वर्गद्वारी नगरपालिका–५ आँपडाडाँमा लु २ प ६१ नम्बरको डबल क्याप जीप अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

बिहीबार स्वर्गद्वारी नगरपालिकाको सारीदेखि डाँडागाउँ कच्ची सडक खण्डमा आपधारादेखि सारी जाने क्रममा स्वर्गद्वारी नगरपालिका–५ स्थित आमडाँडामा डबल क्याप जिप अनियन्त्रित भइ सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक हुमानन्द खानालने जानकारी दिए ।

दुर्घटनामा मृत्यु हुनेमा स्वर्गद्वारी नगरपालिका–५ डाँडागाउँ बस्ने ६८ वर्षीय झमी घर्तीमगर रहेको प्रहरी निरीक्षक खनालले बताए । घाइते झमी घर्तीमगरलाई प्राथमिकत स्वास्थ्य केन्द्र भिंगृमा चेकजाँच गर्दा चिकित्सकले मृत घोषणा गरेका थिए ।

त्यस्तै दुर्घटनामा परेर घाइते हुनेमा स्वर्गद्वारी–५ डाँडागाउँ बस्ने ३४ वर्षीय चालक कबिराम घर्तीमगर, सोही ठाउँ बस्ने ५५ वर्षीय कृष्ण घर्तीमगर, ५६ वर्षीया चुरा कुमारी घर्ती मगर, ४० वर्षीय अमि घर्तीमगर र रोल्पाको सुनिल स्मृति गाउँपालिका–४ बस्ने २४ वर्षीय टोपबहादुर रोका मगर रहेको प्रहरीले जनाएको छ ।

रोल्पाका टोपबहादुर रोका मगर गम्भीर घाइते भएकाले उनको थप उपचारको लागि भैरहवा रिफर गरिएको प्रहरीले जनाएको छ । अन्य घाइतेको भिंग्री स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । दुर्घटनाग्रस्त जीपका चालक डाँडागाउँ बस्ने वर्ष ३४ का कबिराज घर्तीमगर र सोही ठाउँ निवासी वर्ष ५५ की कृष्ण घर्ती मगरको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया