सिरहा । सिरहाको गोलबजार नगरपालिका– १० बुद्ध चोकबाट अवैध काठ बरामद भएको छ । सब डिभिजन वन कार्यालय गोलबजार चौहर्बाको गस्ती टोलिद्वारा राति १०ः३० बजे पाँचवटा साइकलमा ल्याउदैँ गरेका साल प्रजातीको ११ वटा फन्टाको करिब १२ क्युफिट काठ साइकलसहित बरामद गरेको हो ।
वन अधिकृत मनोज कुमार कर्ण, एएफजि चौहर्वा कमान्डर जमदार योगेन्द्र प्रसाद यादवसहितको टोलीले सो काठ बरामद गरेको छ । काठ फालेर तस्करहरु फरार रहेका छन् भने तस्करहरुको खोजी कार्यसहित थप अनुसन्धान जारी रहेको डिभिजन वन कार्यालय लहान सिरहाले जनाएको छ ।
प्रतिक्रिया