प्रहरीद्वारा अवैधरुपमा ल्याइएको कुखुराको चल्ला बरामद

वीरगञ्ज । अवैधरुपमा ल्याइएको कुखुराको चल्ला सशस्त्र प्रहरीले बरामद गरेको छ ।

वीरगञ्ज महानगरपालिका– ३२ टेढा रामबन सडक खण्डमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेक्वा पर्साबाट खटिएको टोलीले कुखुरा फार्ममा अवैधरुपमा लुकाइछिपाई राखेको अन्दाजी ५,००,००० बराबरको ७६ कार्टुन, ७,६०० वटा प्रतिबन्धित बोइलक कुखुराको चल्ला बरामद गरेको जनाएको छ ।

उक्त बरामद बोइलक कुखुराको चल्ला नेपाल प्रहरी, पशु क्वारेनटाईन, स्थानीय पत्रकार, स्थानीय भद्र भलादमिको रोहवरमा खाल्टो खनेर नष्ट गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेक्वा पर्साका प्रवक्ता तथा सूचना अधिकारी संगम श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया