कपिलवस्तुमा खैरो हिराेइन, चोरीका सामान र नगदसहित ६ जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा खैरो हिराेइन र विभिन्न मालसामान र नगदसहित ६ जना युवकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । वाणगंगा नगरपालिका वडा नं. २ गोबडिहवाबाट लागुऔषध (ब्राउन सुगर) र चोरीका मालसामानसहित ६ जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको हाे ।

नवलपरासी (पूर्व) देवचुली नगरपालिका वडा नं. २ का २३ वर्षीय मुक्तिप्रसाद खनालकाे डेरामा बस्दै आएका उनीहरुलाई खैरो हेरोइन र चोरीका मालसामान सहित पक्राउ गरिएकाे प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले बताए ।

२ वटा मोटरसाइकल, विभिन्न दरका नोट तथा सिक्का (डवल) गरी ३ लाख ४९ हजार २५५, मोबाइल नौ थान, सुन/चाँदी जस्तो देखिने गहना बरामद भएको छ । यस्तै डेल कम्पनीको ल्यापटप, डिजिटल क्यामेरा, चक्कु, खोडा लगायतका सामान पनि बरामद भएका छन् ।

पक्राउ पर्नेहरुमा नवलपरासी देवचुली नगरपालिका वडा नं. २ का २३ वर्षीय मुक्ती प्रसाद खनाल, कपिलवस्तु बुद्धभुमी नगरपालिका वडा नं. २ का २६ वर्षीय विवेक थापा मगर, बाणगंगा नगरपालिका वडा नं. २ का २८ वर्षीय विनोद परियार र ३३ वर्षीय विष्णु श्रेष्ठ, रुपन्देही सैनामैना नगरपालिका वडा नं. ९ का १८ वर्षीय मनोज दर्जी र १८ वर्षीय समीर परियार रहेका छन् । जिल्ला अदालत कपिलवस्तुबाट ५ दिन म्याद थप गरी अनुसन्धान कार्य भईरहेको प्रहरी उपरीक्षक थापाले बताए।

प्रतिक्रिया