बारा । जितपुर सिमरा उपमहानगरपालिका– ३ का वडाध्यक्ष तारा बहादुर कार्की घुस रकमसहित पक्राउ परेका छन् । सेवाग्राहीसँग पटक–पटक घुस रकम माग गर्दै काम अगाडि बढाउन खोज्ने भएपछि सोमबार हेटौँडाको अख्तियारको टोलीले नगद पाँच लाखसहित उनलाई बाराको जितपुरबाट रंगेहात पक्राउ गरेको हो ।
जितपुर सिमराका जग्गा व्यवसायी राज उप्रेतीसँग घुस लिएको भेटिएपछि उनलाई जितपुरको एक होटेलबाट अख्तियारको टोलीले पक्राउ गरेको बताइएको छ । जग्गा बिक्रिको लागि घरबाटो सिफारिस माग्दा घुस मागेर दुःख दिने गरेपछि बाध्य भएर अख्तियारको सहारा लिएको पीडित व्यवसायी उप्रेतीले बताए ।
उनले जग्गा किनबेच गर्दा लाखौँ श्रपैयाँ दिएको र आहिले पनि पटक–पटक घुस माग्न न छोडेपछि अख्तियारको सरणमा गएको उप्रेतीले बताए । पक्राउ परेका कार्कीलाई अख्तियरले हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाका सूचना अधिकारी उपसचिव गोविन्द प्रसाद गौतमले जानकारी दिए ।
प्रतिक्रिया