श्री मावी सिमराभवानीपुरको प्रशासनिक भवन शिलान्यास

रौतहट । गुजरा नगरपालिका–९, सिमराभवानीपुरमा अवस्थित श्री माध्यामिक विद्यालय सिमराभवानीपुरको प्रशासनिक भवन निर्माण गरिने भएको छ । गुजरा नगरपालिकाका नगरप्रमुख सन्तलाल चौधरीले भवनको शिलान्यास गरेका हुन् ।

कूल ४ करोडभन्दा बढीको लागतमा निर्माण हुने उक्त प्रशासनिक भवनको पहिलो वर्ष १ करोड २ लाखको लागत स्टिमेट भए पनि स्वीकृत रकम ६३ लाख ९७ हजार ४ सय ६६ रूपैयाँमा भवन निर्माण सुरू हुन लागेको हो ।

चौधरी कस्ट्रक्सनले निर्माण गर्न लागेको प्रशासनिक भवनमा लाईब्रेरी, फिजिक्स ल्याब, अकाउन्ट कोठा, परीक्षा कोठालगायत रहने गुजरा नगरपालिकाका ईन्जिनियर प्रविण साहले जानकारी दिए ।

पहिलो चरणको काम आगामी आ. व. को पुस मसान्तसम्म पूरा गर्ने लक्ष्य राखिएको उक्त भवनको शिलान्यास गर्दै मेयर चौधरीले भवन निर्माणपछि प्रशासनिक कार्यका लागि सजिलो हुने बताए ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया