रौतहट । रौतहट प्रहरीले अवैध घरेलु मदिरा नष्ट गरेको छ । नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा फेला पारी जिल्ला प्रहरी कार्यालय रौतहटले घरेलु मदिरा आइतबार नष्ट गरेको हो ।
प्रहरीको गस्ती टोलीले गौर नगरपालिकाको विभिन्न स्थानबाट अवैधरुपमा भारततर्फ लैजाँदै गरेको २ सय लिटर अवैध घरेलु तयारी मदिरा बरामद गरी नष्ट गरेको जिल्ला प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक दामोदर केसीले जानकारी दिए ।
उनका अनुसार विभिन्न स्थान बाट बरामद गरेको २ सय लिटर मदिरा स्थानीय भद्रभलादमी, सञ्चारकर्मी तथा प्रहरी कर्मचारीहरूको रोहवरमा प्रहरीले नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालय रौतहटको प्रांगणमा सो अवैध घरेलु मदिरा नष्ट गरिएको उनले बताए ।
अवैध मदिरा बिक्री वितरणका कारण अपराधिक घट्नामा वृद्धि भएको, घरायसी झैझगडाका घटना बढेको, महिला हिंसालगायत घटनामा वृद्धि भएको गुनासो आएपछि मदिरा नष्ट अभियान सञ्चालन गरेको प्रहरी नायव निरीक्षक केसीले बताए ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया