अर्घाखाँचीमै पहिलो गुम्बा निर्माण

अर्घाखाँची । गुरुङ समुदायले आफ्नो परम्परा, मुल्य, मान्यता, आस्था र धर्म सस्कृतीको जगेर्ना गर्ने उदेश्यका साथ अर्घाखाँची जिल्लामै पहिलो गुम्बा निर्माण गरिएकाे छ । जनजाति बस्ती भएको गाउँ भुमिकास्थान नगरपालिका वाड १० धन्चौर लक्ष्मीडाडामा नबनिर्मित गुम्बाको एक विशेष कार्यक्रमकाबीच नगरप्रमुख झबिलाल थापाले उदघाट्न गरे । गुम्बाको उदघाट्न गर्दै नगरप्रमुख झबिलाल थापाले नगरमा रहेका पर्यटकीय, धार्मिक, सास्कृतिक तथा ऐतिहासिक क्षेत्रको विकासका लागी अगाडी बढेको भन्दै नगरको सम्पतिको रुपमा नबनिमिर्त गुम्बाले गौतम बुद्धको सन्देश आदर्श, मुल्य मान्यतालाई जोडेर अगाडी बढ्ने बताए ।

गुम्बाको प्रबर्द्धन बिकास र आक्रमण गन्तब्यको रुपमा बिकास गर्न सबैले ध्यान दिनु पर्ने नगर प्रमुख थापाले बताए । धन्चौर बिधालयको पढ्दै, कमाउदै, रमाउदै कार्यक्रम चर्चा गर्दै प्रमुख थापाले नगरले श्रमलाई उत्पादनसँग जोड्ने योजना तथा कार्यक्रममार्फत आत्मनिर्भर बनाउने बताए । कर्मसिल कार्यक्रम मार्फत उत्पादन, आर्थिक बिकास र रोजगारीलाई केन्द्र भागमा राखेर बिकास र समृद्धिको यात्रामा अगाडि बढेको नगर प्रमुख थापाले बताए ।

कार्यक्रमका विशेष अथिती एबम भुमिकास्थान नगरपालिका वाड १० धन्चौरका वडाध्यक्ष खगेश्वर पन्थीले नबनिर्मित गुम्बालाई जिल्लाकै पर्यटकिय गनतब्यको रुपमा बिकास गर्नुपर्ने बताए । गुम्बाको बिकास, प्रबर्द्धनका लागी सबै पक्ष एक भएर लाग्नुपर्नेमा उनले जाेड दिए ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका जिल्ला कमिटी सचीव युबराज पौडेलले कला सस्कृतीको जगेर्ना गर्दै उत्पादनमा जोड दिदै आर्थिक बिकासमा सबैले ध्यान पर्ने बताए । कार्यक्रममा (नेकपा)एमाले भुमिकास्थान १० वडा अध्यक्ष रेशम क्षेत्री, एकीकृत समाजवादी अध्यक्ष सुभबहादुर समाल, नेकपा माओवादी अध्यक्ष कमल उचाई, जनमोर्चाका बिष्णु भट्टराई स्वास्थ चौकीका अहेव तिलकराम भट्टराई,समाजसेवि तथा निर्माण व्यवसायी सुधीर नेपालीले शुभकामना दिए । कार्यक्रममा सामाजिक तथा राजनीति ब्यक्तित्व तारापती भट्टराई, नेपाल पत्रकार महासंघका जिल्ला सदस्य गोपाल भट्टराई, रेड्क्रस धन्चौर शाखा सभापति डिलाराम पान्डे, सामाजसेवीहरू बिष्णु चुदाली, पुनाराम भट्टराई नवीन घम, मित्रलाल भुसाल, खुमबहादुर नेपालीलगायतको उपस्थिति रहेको थियो । गुम्बा उदघाट्न कार्यक्रममा बिभिन्न तमु समुदायका कलाहरू प्रस्तुत गरिएका थिए ।

प्रतिक्रिया