घरको छतबाट खसेर गम्भीर घाइते भएका प्रहरीकाे निधन

काठमाडाैं । कैलालीमा घरको छतबाट खसेर गम्भीर घाइते भएका राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान सहायक(असई) काे निधन भएको छ । धनगढी उपमहानगरपालिका-२ सन्तोशी टोल बस्ने रबिन्द्र (रमेश) भट्टको धनगढीस्थित निसर्ग हस्पिटलमा उपचारका क्रममा निधन भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता कुलदिप चन्दले भट्टको निधन भएको पुष्टि गरे ।

बेहोस अवस्थामा उद्दार गरिएका भट्टको घाँटीको पछाडीको हड्डी भाँचिएको थियाे । भट्ट राष्ट्रिय अनुसन्धान विभागको महेन्द्रनरमा अनुसन्धान सहायकका रुपमा कार्यरत थिए ।

प्रतिक्रिया