काममा अटेरी गर्नेलाई कामबाट बञ्चित गर्ने पोखरिया नगरपालिकाको चेतावनी

वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकामा सरसफाई शाखामा कार्यरत नाइके कर्मचारी रामबली पासवानमाथि एक जना महिलालाई बलात्कार गर्ने प्रयास गरेको आरोप लागेको छ । बलात्कार गर्ने प्रयास गरेको आरोप लगाएकी महिलाको श्रीमान् पोखरिया नगरपालिकाको सरसफाई कर्मचारी हुन् ।

(२०८०–०८–३० गते) शनिबार बिहान ९ बजे पोखरिया नगरपालिकाले पत्रकार सम्मेलन राखेकोले कार्यालयको सरसफाई गर्नको लागि कार्यालयले साँझ ७ बजे सफाई कर्मचारीलाई कार्यालयमा बोलाइएको थियो । सफाई कर्मचारीको ड्युटी बिहान र बेलुकाको समयमा बोलाइएको पोखरिया नगरपालिकाले जनाएको छ।

पत्रकार सम्मेलन रहेको सिलसिलामा कर्यालयको सफाई कर्मचारीलाई कार्यालय सफाई गर्नको लागि बोलाइएकोमा अन्ततः बलात्कार गर्ने प्रयास गरेको आरोप लगाएकी महिलाका श्रीमान् बाहिर रहेकाले ती महिलाले आफ्नो श्रीमानको सट्टामा देवरसँग कार्यालयमा काम गर्न गएकी थिइन् ।

यस विषयमा सरसफाई शाखा प्रमुख विनोद पाण्डेयसँग बुझ्दा पोखरिया नगरपालिकामा कार्यरत केही सफाई कर्मचारीले काम गर्नमा अटेर गर्ने गरेको बताएका छन् ।

काम नगर्ने र अटेरी गर्ने सफाई कर्मचारीलाई कामकाजबाट बञ्चित गरिने नगरपालिकाले केही दिनअघि चेतावनी दिएको शाखा प्रमुख पाण्डेयले बताए ।

नगरपालिकाले कामकाजबाट बञ्चित गरिने चेताउनी दिएको केही दिनमै यस्तो घटनाको आरोप लागेको नगरपालिका स्रोतले जनाएको छ । आरोपी महिलाले इलाका प्रहरी कार्यालय पोखरियामा उजुरी दिएको र यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया