नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्ववार्षिक समीक्षा

बझाङ । बझाङमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि संकलित घटनाहरूको प्रकाशन पूर्वसमिक्षा कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार एक कार्यक्रमका बिच जिल्ला समन्वय समिति बझाङको सभाहलमा पुर्व समीक्षा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नरबहादुर बोहराले मानव अधिकार वर्ष पुस्तकले नेपालभरका घटनाहरू समेटेर मानव अधिकार रक्षाको काममा ठूलो भूमिका खेलेको बताए ।

गैरसरकारी संस्था महासंघ बझाङका अध्यक्ष लवराज जोशीलगायतका सरोकारवालाहरूले मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनाका पीडितहरू सुरक्षा तथा न्यायको ढोकासम्म पुग्न नसकेकोले कतै पनि जाहेरी नपरेका घटनाहरू पनि वर्ष पुस्तकमा समेटिनुपर्ने बताए । मानव अधिकार संरक्षणमा सबै लाग्नुपर्नेमा समेत उनीहरुले जोड दिए ।

सहभागीहरूले वर्षेनी देशभरका मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाहरू समेटेर प्रकाशन हुने वर्ष पुस्तक र इन्सेकको अभियानले मानवअधिकार संरक्षणमा ठूलो योगदान तथा सकारात्मक प्रभाव पारेको बताए ।

इन्सेकका जिल्ला प्रतिनिधि सत्यराज सिंहले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि बझाङबाट कुटपिट १, जवरजवस्ती करणीका १२, जातिय विभेदका २, बहु विवाहका २, र घरेलु हिंसा १ सय ३४ ओटा गरी जम्मा १५१ वटा घटना इन्सेकको प्रतिवेदनमा समेटिएको जानकारी दिए ।

प्रतिक्रिया