शैक्षिक संस्थाहरुले अनावश्यक थप रकम असुल्दै : पूर्वमन्त्री यादव

सप्तरी । सप्तरीमा विभिन्न शैक्षिक संस्थाहरुले अभिवावकलाई भारपर्ने गरी अनावश्यक थप रकम असुल्ने काम हुँदै आएको खुलासा भएको छ । मंगलवार नरेन्द्र मेमोरियल जनता माध्यमिक विद्यालय राजविराज १६ बोरियामा उत्पन्न घटनाले यस्ताे खुलासा भएकाे हाे ।

यसरी अनावश्यक रुपमा थप रकम असुली गर्ने कार्य कानूनीरुपले अवैध हुनुकाे साथै गरीब, किसानलाई आर्थिक भार पर्नजाने नेकपा माओवादी केन्द्रका स्थानीय नेता तथा पूर्व सिंचाइ मन्त्री उमेश यादवले बताए । उनले भने, ‘सरकारले शिक्षालाई एकरुपता गर्दै नि:शुल्क अध्ययन, अध्यापनको नीति तर्जुमा गरिरहेको अवस्थामा अनावश्यक थप रकम लाद्नु सरासर गलत हो ।’

शैक्षिक संस्थामा लागुपदार्थ, खैनी, चुरोट, गुटखा, मदिरालगायत यस्ता प्रकारको सेवन गर्ने विद्यार्थी होस् वा अन्य जो सुकैलाइ पनि नियन्त्रणमा लिइ कारवाही गर्नुपर्नेमा यादवबाे जाेड छ । यस्ता कार्यलाइ तत्काल बन्द गर्न अन्य राजनैतिक प्रतिनिधिहरूले पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया