काभ्रे । काभ्रे जिल्लाको पाँचखाल-६ हनुमानगढीमा आज बिहीबार बिहान ९ बजे मालबाहक गाडीको ठक्कर बाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मालबाहक सवारीले मोटरसाइकललाई ठक्कर दिएर भागेको अनुमान गरिएको थियो ।
प्रहरीले मोटर साइकललाई ठक्कर दिने प्र. ३-०१-००५ ख ९७०३ नम्बरको डिब्बा गाडी र चालक प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ । मोटरसाइकल चालक मृतक रुपक खत्री पनौती १२ कलाँती भुमेडाँडाका हुन् । उनको बा ८७ प ६४१ नम्बरको मोटसाइकललाई पाँचखाल हनुमानगढीमा ठक्कर दिएको थियो ।
प्रतिक्रिया