भ्रामक कुरा लेख्नेविरुद्ध कारबाहीको माग

रौतहट । नेपाली कांग्रेसका मधेस प्रदेश सभापति एवं मधेस सरकारको भौतिक पूर्वाधार विकास मन्त्री कृष्णप्रसाद यादवको विरुद्ध सामाजिक सञ्जालमा बदनाम गराउने उद्देश्यले स्टाटस राखेकोमा नेपाली कांग्रेस मधेस प्रदेश सूचना सञ्चार तथा प्रचारप्रसार विभागको गम्भीर ध्यानाकर्षण भएको छ ।


रौतहट निर्वाचन क्षेत्र नम्बर १ को (ख) बाट प्रदेश सांसद तथा भौतिक पूर्वाधार विकास मन्त्री कृष्णप्रसाद यादवको विरुद्धमा समाजिक सञ्जालमा तथ्यहीन कुराहरू लेख्ने केही फेसबुके पत्रकार बताउनेहरूप्रति यस विभागको गम्भीर ध्यानाकर्षण भएकाले उक्त भ्रामक तथ्यहीन लेखाइको घोर भत्र्सना गर्दै त्यस्ता लेख्ने विरुद्ध विद्युतीय ऐनअन्तर्गत सम्बन्धित निकायलाई कारबाही गर्न माग गरेको छ ।

रौतहट जिल्ला क्षेत्र १ (ख) माधव नारायण नगरपालिका–४ मानपुरका अग्नि पीडितहरूको अवस्था अत्यन्तै नै कमजोर थियो । तत्कालीन समयमा प्रदेश सभापति यादव उनीहरूको साहारा बने । राहत, नगद रकमसहित तत्कालीन समयमा चाहिने आवश्यक सबै सामानहरू उपलब्ध गराएका थिए ।
पीडितको घर बनाइदिने आश्वासन दिएपछि विपद् व्यवस्थापन समितिले मधेस सरकारबाट आवश्यक रकम सानो घर बनाउन केही पहल भएपछि घर बनाउन सम्बन्धित पीडितहरूले राहत पाउने उदेश्यले माण्डवी नामक संस्थालाई भनसुन गरी सम्बन्धित पीडितकै खातामा रकम पठाइदिएको थियो ।

रकमबाट पीडितहरूले नै स्वयं घर बनाउने सहमति भएको नेपाली कांग्रेस मधेस प्रदेश सूचना सञ्चार तथा प्रचारप्रसार विभागको प्रमुख नितेश कुमार गुप्ताले जानकारी दिए । जिल्ला विपद् व्यवस्थापन समितिसँग अग्नि पीडितलाई पुनर्वासका लागि घर बनाइदिने प्रतिबद्धता गरेका अनुसार आफैँ रकम खर्चेर घरको बनाएको छ । राजनीतिक विरोध शक्तिहरूको आडमा केहीले सामाजिक सञ्जालमा लेख्ने फेसबुकेहरूलाई पैसाको प्रलोभनमा पारेर यस्ता घृणित एवं तथ्यहीन कुराहरू लेख्न लगाएर सभापतिविरुद्ध जनताको ध्यान भट्काउन खोजिरहेकोमा उनले गम्भीर आपत्ती जनाएका छन् ।
समाजिक सञ्जालमा तथ्यहीन, भ्रामक र समाजमा अशान्ति मचाउने तथा आर्थिक प्रलोभनमा परेर मात्रै फेसबुकमा लेख्ने यस्ता फेसबुकेविरुद्ध स्थानीय प्रशासनबाट अविलम्ब विद्युतीय ऐनअनुसार कारबाही प्रक्रिया अगाडि बढाएर समाजबाट यस्ता धमिरालाई सधैँका लागि तह लगाउनुपर्ने प्रचारप्रसार प्रमुख गुप्ताले आग्रह गरेका छन् ।

प्रतिक्रिया