प्रभु साह नेतृत्वको आजपाद्वारा माघ १० गते मधेस बन्दको घोषणा

मधेस । प्रभु साह नेतृत्वको आम जनता पार्टीले मधेस बन्दको घोषण गरेको छ । सो पार्टीले आज एक प्रेस विज्ञप्ति जारी गरेर जानकारी गराएको हो । आम जनता पार्टीको नेतृत्व एवं बैंक तथा वित्तिय पीडित संघर्ष समितिको आयेजनामा आउँदो माघ १० गते मधेस बन्दसहितको संघर्षको कार्यक्रम घोषणा गरिएको छ ।

आजपाका मधेस प्रदेश समिति अध्यक्ष उमेश कुशवाहा र इन्चार्ज मधेश प्रदेश समितिका सुधिर यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा बैंकहरुले मनोमानी ढंगले लिइएको ब्याज फिर्ता, लघुवित्त तथा सहकारीबाट गरिब किसानले दिएको कर्जा माफी तथा आम जनतालाइ सहज कर्जाको व्यवस्था गर्ने जस्ता लगायतका मागहरुको सम्बोधन गर्न आवाज उठाउँदा पनि सरकार गम्भीर नदेखिएको सन्दर्भमा बाध्य भइ संघर्षको कार्यक्रम घोषण गर्नु परेको आजपाले स्पष्ट पारेको छ ।

आम जनताको भविष्य र देशको समृद्धिसँग जोडिएको महत्वपूर्ण मागहरुमा ऐकयबद्धता प्रकट गरि संघर्षको कार्यक्रमलाइ सफल बनाउन आम बुद्धिजिवी, किसान, मजदुर उद्योगी व्यवसायी एवं पत्रकार सबैमा अपिलसमेत गरिएको छ । बैंक तथा विक्तिय पिडितहरुको संघर्ष समितिको कार्यक्रम पनि सार्वजनिक गरिएको छ ।

जस अनुसार पुष १२ गते प्रदेश स्तरीय भेला गर्ने, १३ गते पुष मसान्तसम्म स्थानीय तहमा पिडितहरु सँग अन्तरक्रिया तथा संघर्ष समिति गठन गर्ने,माघ १ गते देखि माघ ८ गते सम्म प्रत्येक जिल्लामा अन्तरक्रिया तथा संघर्ष समिति गठन गर्ने, माघ ९ गते प्रत्येक जिल्लामा मोटरसाइकल जुलुस वा मशाल जुलुस गर्ने र माघ १० गते मधेस बन्दको घोषण गरिएको हो ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया