सरकारले शिक्षाको क्षेत्रमा फड्को मार्न नसक्नु दुखद : शिक्षा राज्यमन्त्री

बारा । संघीय सरकारकी शिक्षा विज्ञान तथा प्रबिधि राज्य मन्त्री प्रमिला यादव मधेस प्रदेश शिक्षामा पछाडी परेको बताएकी छन् । गोपाल सेवा समिति वारा शाखाको ३२औँ वार्सिकाेत्सव समारोहमा बाेल्दै मन्त्री यादवले यस्ताे बताएकी हुन् । उनले नेपाल सरकारलाई अनौपचारिक शिक्षामा जोड दिन आग्रह गरिन् ।साथै मौलिक शिक्षाको अधिकार हरेक नागरिककोअधिकार भएकोले राज्यबाट यसको प्रत्याभूति हुनुपर्नेमा उनको जोड थियोे ।

नेपाल सरकारले आहिले पनि नागरिकको शिक्षाको क्षेत्रमा जुन किसिमको फड्को मार्नु पर्ने हो । त्यस किसिमको फड्को मार्न नसक्नु दुखदायी भएको उनको भनाइ थियोे । गोपाल सेवा समिति एउटा जातीय संगठन भएता पनि सबै समुदायलाई समेटेकोमा आफूलाई खुशी लागेको उनको भनाइ रहेको थियोे ।

उक्त कार्यक्रममा मधेस प्रदेश पूर्व प्रदेशसभा सदस्य पारस साह, बाराका पूर्व प्रतिनिधि सभा सदस्य तथा जसपाका मधेस प्रदेश अध्यक्ष रामबाबुकुमार यादव, नेपाल शिक्षक सघ बाराका अध्यक्ष राजकिशोर सहनी, नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दास, बाराका पुर्व जिल्ला सभापति द्वय छ्ठुप्रसाद यादव, राजेन्द्रप्रसाद यादव, प्रयासराय यादव, मधेस प्रदेशका पूर्व अर्थराज्य मन्त्री उषाकुमारी यादव संविधान सभा सदस्य राधेचन्द्र यादव, महिला संजाल बाराकी अध्यक्ष बबिता जैसवाल, जसपाका यूवा नेता राम किशोर प्रसाद यादव लगायतले गोपाल सेवा समितिको उतोरत्तर प्रगतिको शुभकामना व्यक्त गरे।

गोपाल सेवा समिति बारा शाखाका अध्यक्ष जंगबहादुर प्रसाद यादवकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सहजीकरण शिक्षक सुकदेव यादवले गरेका थिए । उक्त कार्यक्रममा समाजमा योगदान पुर्याएका विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियोे ।

प्रतिक्रिया