एसपी रिजालको सक्रियतामा समातिए गोली हान्ने संगठित तीन जना अपराधी

मकवानपुर । बागमती प्रदेशको हेटौँडा उपमहानगरपालिका– १० बाट १ थान पेस्तोल र २० थान गोलीसहित तीन जना पक्राउ परेका छन् । सोही पालिकाका वडा नम्बर ९ बस्ने ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्रीलाई शुक्रबार प्रहरीले पक्राउ गरेर शनिबार सार्वजनिक गरेको गरेको हो ।

सोही पालिका–९ स्थित सूर्यप्रसाद पौडेलको घरमा मंसिर १८ गते गोली प्रहार भएको घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्नता खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनिहरुबाट हतियार सफा गर्ने रड १ थान, लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४ सय मिलिग्राम, लागूऔषध तौल गर्ने डिजिटल तराजु २ थान, मोटरसाइकल २ थान, मोबाइल ५ थान, नगद ५० हजार रूपैयाँ र घटनामा प्रयोग भएको कपडा १ थान समेत बरामद भएको मकवानपुरका एसपी सिताराम रिजालले पत्रकार सम्मेलनमा जानकारी दिए ।

पक्राउ परेका निश्चल पौडेलले पैसा असुल्ने उद्देश्यले आफ्नै ठूलोबुबा नाता पर्ने हेटौँडा उपमहानगरपालिका– ९ बस्ने सूर्यप्रसाद श्रेष्ठ (सुरेश) को घरमा गोली प्रहार गरेका थिए । उनले मंसिर १९ गते साँझ पौडेलको घरमा गोली प्रहार गरेको एसपी रिजालले बताए ।

प्रहरीले उनिहरुलाइ हेटौँडा उपमहानगरपालिका– ४ मा रहेको डेरामा छापा मार्दा अभियुक्तहरूको साथबाट सेमिअटोमेटिक पेस्तोल एक थान, २० राउन्ड गोली, हतियार सफा गर्ने रड एक थान, लागुऔषध खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ २.४०० ग्राम, लागुऔषध तौल गर्ने डिजिटल तराजु दुई थान, पाँच थान मोबाइल, ५० हजार नगद र दुई थान मोटरसाइकल बरामद गरेको एसपी रिजालले बताए ।

मकवानपुरका एसपी रिजालका अनुसार उनीहरूले मंसिर १९ गते सूर्यप्रसाद पौडेलको घरमा गोली प्रहार गरे पनि घरमा भएकाहरूले छिमेकमा भइरहेको विवाह समारोहमा पटका पड्काएको भन्ने ठानेकाले उक्त दिन घटना सार्वजनिक नभएको बताए ।

भोलिपल्ट बिहान घरबाहिर र छिमेकमा समेत पड्किएको गोलीको खोकाहरू फेला परेपछि गोली प्रहार भएको घटना बाहिरिएपछि उनीहरूले पौडेलको घरमा सात पटकसम्म गोली प्रहार गरेको अनुसन्धानबाट देखिएको प्रहरी प्रमुख रिजालले बताए ।

पक्राउ परेका अभियुक्तहरूले घटनाको भोलिपल्ट फोन गरेर एक करोड रुपैयाँको माग समेत र रकम नदिए जे पनि हुन सक्ने चेतावनी समेत दिएको अनुसन्धानमार्फत खुलेको एसपी रिजालले बताए । एसपी रिजाल लामो समयदेखि प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोमा डिएसीका रुपमा कार्यरत रहदै एसपीमा बढुवा भएपछि मकवानपुर प्रहरी प्रमुखको जिम्मेवाारीमा छन् ।

प्रतिक्रिया