भुकम्प प्रभावित क्षेत्रमा रुकुम पश्चिमका पत्रकारहरुको श्रमदान

आठबिसकोट । भुकम्प प्रभावित क्षेत्रका पत्रकारहरु स्वंयमसेवामा खटिएका छन् । जाजरकोट भुकम्प प्रभावित क्षेत्रमा पत्रकारहरुले श्रमदान गरेका हुन् । भुकम्पबाट ठुलो मानवीय तथा भौतिक क्षती भएको अति प्रभावित क्षेत्र रुकुम पश्चिमको आठबिसकोटमा पत्रकारहरुले अस्थायी आवास निर्माणका लागि एक दिन श्रमदान गरेका हुन् ।

रुकुम पश्चिममा क्रियाशिल पत्रकारहरूको एक टोलीले भुकम्प प्रभावित क्षेत्र आठबिसकोटमा श्रमदान गरेको पत्रकार महासंघ रुकुम पश्चिम शाखाले जनाएको छ । श्रमजीवी पत्रकारले श्रमदान मार्फत तीन घरपरिवारको अस्थायी आवास निर्माण गरेको हो ।

नेपाल पत्रकार महासंघ रुकुम पश्चिमको संयोजनमा पत्रकारहरुको टोलीले भूकम्पबाट अति प्रभावित आठबिसकोट क्षेत्रमा श्रमदान गरेको शाखाका अध्यक्ष लक्ष्मण केसीले बताए । केसीका अनुसार त्यहाँ उनीहरुले अस्थायी आवास निर्माणको लागि माटो, ढुंगा, जस्ता, काठ बोक्ने तथा पुरिएको घरको अन्य सामग्री हटाउने काम गरेका थिए । पत्रकारहरुको श्रमदानमा आठविसकोटका नगरप्रमुख रवि केसी, स्थानीय राजनितिक दलका प्रतिनिधिहरु सामेल भएका थिए ।

दुई दर्जन पत्रकारहरुले दिनभर स्थानीय रिठा स्थानमा पुरिएको घर, भग्नाबषेश हटाउने , अस्थायी आवास निर्माणको काम गरेको अध्यक्ष केसीले जानकारी दिए। स्थानीय का अनुसार स्वंयसेवकका रुपमा पत्रकारहरु आठबिसकोट पुगेको पहिलो पटक हो। एकदिन श्रमदानमा खटिएका पत्रकारले स्थानीय अतिराम शाही, दिपेन्द्र मल्ल र घमण्ड बहादुर चन्दको अस्थायी आवास निर्माण गरेका हुन्। उनिहरुका घरहरु भुकम्पबाट पुर्ण क्षति भएपछी पालमुनि बस्दै आएका थिए । शनिवार पत्रकारहरुले अस्थायी आवास निर्माण गरिएपछि चिसोको समयमा उनिहरुलाई केहि रातह महसुस भएको बताए ।

भुकम्पले घर भत्किएपछी सात जनाको परिवार पालमुनि बस्दै आएका थियौँ । अब टहरा बनेपछी चिसोबाट मरिन्छकि भन्ने चिन्ता हटेको छ । स्थानीय अतिराम मल्लले भने, ‘सरकारले दिने टहरा आउन्जेल चिसोले मरिन्छ भन्ने लागेको थियो तर अब आवास बनिसक्यो । केहि समयको लागि चिन्ता गर्नुपर्ने छैन् ।’ पत्रकारहरुले आठबिसकोट -११ रिट्ठामा तिनवटा अस्थायी आवास निर्माण गरेर घरधनीलाई हस्तान्तरण गरेका छन् ।

पत्रकारहरु स्वंयसेवामा जाने थाहा पाएपछि इन्जीनियरहरु समेत श्रमदानमा सामेल भएका थिए । विनासकारी भुकम्पले ध्वस्त भएको आठविसकोट अहिले भग्नावशेषहरु हटाउने र बाटो खुलाउने काममा थुप्रै स्वंयसेवीहरु खटिएका छन् । भुकम्पले आठबिसकोट क्षेत्रमा ४४ जनाको ज्यान गएको थियो ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया