मधेस । रौतहट जिल्लाको वृन्दावन नगर पालिकाले जग्गाको वर्गीकरणको सम्पूर्ण विवरण नापी र मालपोत कार्यालयलाई हस्तान्तरण गरिएपछि वृन्दावन नगर क्षेत्रभरिका जग्गाको किताकाट र किनबेच गर्ने बाटो खुलेको छ । विहिवार वृन्दावन नगरपालिकाका नगर प्रमुख विनोदप्रसाद कुर्मीले एउटा सुचना जारी गर्दै सो नगर भित्रको जग्गाको किताकाट खुला भएको जानकारी गराए ।
नगरप्रमुख कुर्मीले सुचना जारी गर्दै भनेका छन्, -‘विगत लामो समय देखि रोकी राखेको जग्गा वर्गीकरणको काम सो नगरपालिकाका नगर प्रमुख तथा कर्मचारीहरूको अथक प्रयासले आजको मिति देखि कित्ताकाट गर्ने काम खुला भएकोले नगर बासीलाई आ-आफ्नो वडा कार्यालयमा सम्पर्क गरी जग्गासँग सम्बन्धित आवश्यक कार्यहरू गर्न गराउनु हुन अनुराेध छ ।’
किताकाट खुलेपछी जग्गा किनबेच गरी आफ्नो व्यवहार चलाउन नगरवासीलाई सजिलो हुने भएको छ । ९ वटा वडा रहेको वृन्दावन नगरपालिकाले नगर क्षेत्रका भूमिलाई आवासीय,व्यवसायिक,कृषि, नदीनाला, सांस्कृतिक तथा पुरातात्विक क्षेत्र लगायत गरी १० क्षेत्रमा जग्गाको वर्गीकरण गरी सम्बन्धित निकायलाई बुझाएको सो नगर पालिकाका निमित्त प्रमुख प्रसाशकीय अधिकृत रासनरायण पटेलले जानकारी गराए ।
२०७९ जेष्ठ २७ गते भू–उपयोग ऐन २०७६ र भू–उपयोग नियामवली २०७९ ले व्यवस्था गरे अनुसार नेपाल सरकारको मन्त्रीपरिषदले निर्णय गरी नगरक्षेत्र भित्रको भूमिको भू–उपयोग वर्गीकरण गर्नका लागि पत्राचार गरिएपछि किताकाट रोकिएको थियो । लामो समयदेखि जग्गा वर्गीकरण नहुँदा जग्गाको किनबेच रोकिदा स्थानीयवासीलाई विहे, मृत्यु, छोराछोरीको शिक्षा आर्जनलगायतमा समस्याहरु भइरहेको थियो । नगरमा किताकाट खुलेपछि स्थानीय जनता निकै हर्षित भएका छन् ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया