सिरहामा लागुऔषधसहित एकजना पक्राउ

सिरहा । सिरहामा लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका–७ बबाजी टोलका २० वर्षीय अनिल कुमार दास रहेका छन् । प्रहरी वरिष्ट नायब निरिक्षक तिलक कार्कीको नेतुत्वमा खटिएको गस्ती टोलीले जिल्लाको भगवानपुर नगरपालिका– ३ धाती नेपाल-भारत ग्रामीण सडकबाटो स्थित बा२५ प २३८४ नम्बरको मोटसाइकललाई रोकेर चेक जाँच गर्ने क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मोटर साइकल चालक लहान नगरपालिका–७ बबाजी टोलका २० वर्षीय अनिलकुमार दासको साथबाट डाइजोपाम -३५ एम्पुल , नोरजेसिक ३५ एम्पुल, एभिल ३५ एम्पुलगरि जम्मा १०५ एम्पुल फेला परेको हुँदा निज दासलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दासलाई आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय लहान सिरहामा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रबक्ता तथा सूचना अधिकारी रबिन्द्र राज पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया