१२औँ कपिलवस्तु डान्स आईडलकालागि १३ प्रतियोगी छनोट

कपिलवस्तु । १४औँ कपिलवस्तु महोत्सवको प्रमुख आकर्षणको रुपमा रहेको १२औँ कपिलवस्तु डान्स आईडलका लागि १३ जना प्रतियोगिहरु छनोट भएका छन् । मंगलबार बाणगंगा वेलफेयर सोसाईटीको हलमा भएको फाईनल अडिसन बाट १३ प्रतिसप्रर्धी छनोट भएको डान्स आईडल संयोजक खडक क्षेत्रीले बताए ।

२२ गतेदेखि हुने प्रतिसपर्धाको फाईनल महोत्सवको अन्तिम दिन पौष १ गते हुनेछ । फाईनलमा उत्कृष्ट ४ जना पुग्ने आइडलको प्रमुख निर्णायक हरिशरण रिजालले जनाकारी गराए । रिजालले डान्स आइडलबाट कलाकारिता क्षेत्रको नयाँ बाटो खुल्ने र प्रतिसपर्धीलाई म्युजिक भिडियोदेखि लिएर राष्ट्रिय तहमा समेत स्थान दिने प्रतिबद्धता जनाए ।

१२औँ कपिलवस्तु डान्स आइडलको उपाधि हात पार्नेले १ लाख २१ हजार १ सय २१ रुपैयाँसहित चाँदीको टोपी, द्वितीय हुनेलाई ७७ हजार ७ सय ७७, तृतीयलाई ५५ हजार ५ सय ५५ रुपैयाँ सान्तवनालाई समेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । बाणगंगा वेलफेयर सोसाईटीको आयोजनामा चारनम्बरको बुद्ध रङ्गशालामा हुने महोत्सव २१ गतेदेखि पौस १ गते सम्म सञ्चालन हुने छ ।

प्रतिक्रिया