सिरहा । सिरहामा लागुऔषधसहित दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा गोलबजार नगरपालिका–८ का १९ वर्षीय बिबेश महरा र गोलबजार नगरपालिका– ६ का १७ वर्षीय सुरेन्द्र महरा रहेका छन् ।
ईलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको गस्ती टोलीले जिल्लाको गोलबजार नगरपालिका– ४ बलकवा जाने बाटोमा चेक जाँच गर्ने क्रममा स ७ प २०७८ नम्बरको मोटसाइकल रोकेर बाटो छेउमा चुरोट खाँदै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गोलबजार नगरपालिका–८ बस्ने प्रदिप मोचीका छोरा वर्ष १९ का बिबेश महराको जिन्स पाइन्टको बायाँ गोजीबाट नाईट्रोभेट ऐन १ पतामा हुने १५ पिसमध्ये ६ पिस र सोही मोटरसाइकलमा पछाडी सवार गोलबजार नगरपालिका– ६ बस्ने टुनाई महराका छोरा वर्ष १७ का सुरेन्द्र महरालाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय गोलबजार सिरहामा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
प्रतिक्रिया