काठमाडौं । दार्चुलामा रहेको महाकाली नदी नियन्त्रण आयोजनाको कार्यालय बैतडी सरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको आयोजनाको नाम परिवर्तन गरी नदी नियन्त्रण आयोजनाको कार्यालय बैतडीको पाटन सरेको हो ।
कार्यालय पाटन सरेपछि सोमवार आयोजना प्रमुखसहित कर्मचारी बैतडी पुगेका छन् । आज मङ्गलवारदेखि पाटनमा कार्यालय सञ्चालनको तयारी गरिएको छ । दार्चुलामा सम्पर्क कार्यालय रहने गरी कार्यालयकी खरिदार गीता जोशीलाई सम्पर्क व्यक्ति तोकिएको छ । सम्पर्क कार्यालयमा इन्जिनियर र सब–इन्जिनियर आउने भएका छन् ।
सिँचाइ तथा नदी व्यवस्थापन आयोजनाका नामले बैतडीको पाटनमा कार्यालय खुलेको बताइएको छ । कार्यालयको क्षेत्राधिकार सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लामा हुने छ ।
प्रतिक्रिया