राैतहट । राैतहटमा भन्सार छली ल्याउदै गरेको सरसामान सहित मोटरसाईकिल बरामद गरेको छ । आइतबार जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ति गर्दै जाने क्रममा फेला पारेको हाे ।
जिल्लाकाे गौर नगरपालिका वडा नम्बर १ र ईशनाथ नगरपालिका वडा नम्बर ८ स्थितबाट अवैध रुपमा भन्सार छली चोरी पैठारी / निकासी गरी बिआर५५डि ३५८३ र बिआर३०सि०५९७ नम्बरकाे माेटरसाइकल किराना, लत्ताकपडा र सोफीलगायतका सर-सामान ओसारपसार गर्दै गरेको अवस्थामा प्रहरी टोलीलाई देखेर मोटरसाइकलसहित सामान फालेर भागी फरार भएका थिए ।
सो स्थानमा प्रहरी टोली गई बेबारिसे अवस्थामा रहेको उक्त सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय राैतहटका प्रहरी निरिक्षक झलकप्रसाद शर्माले जानकारी गराएका हुन् ।
साे क्रममा मोटरसाइकिल २ थान, किराना, लत्ताकपडा र सोफी गरी जम्मा मुल्य रु.दुई लाख अड्तिस हजार एक सय पचास बराबरको सामान र मोटरसाइकिल नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि साेमबार गौर भन्सार कार्यालयमा बुझाईएको शर्माले बताए ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया