बझाङमा मनाइयो ३६औँ विश्व एड्स दिवस

बझाङ । बझाङमा ३६औँ विश्व एड्स दिवस मनाइएको छ । शुक्रबार एक कार्यक्रमकाबीच ‘समुदायको नेतृत्वमा एड्स अन्त्य गरौँ’ भन्ने मुल नाराका साथ एड्स दिवस मनाइएको हो ।

उक्त कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय बझाङका ल्याव टेक्निसियन नारायण जोशीले विश्व तथा नेपालमा एचआईभी एड्सको अवस्था तथा यसको मार्गनिर्देशन नीति, रणनीतिलगायत सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा उपलब्ध सेवाहरु, प्रदेशमा सञ्चालित एचआईभी एड्स कार्यक्रममा सञ्चालनका विध्यमान चुनौतिहरु, लगाएत कार्यक्रम सञ्चालनपछि सुधारका बारेमा सहभागिहरुलाई जानकारी दिएका थिए ।

कार्यक्रममा सहभागी अधिकांश वक्ताहरुले बझाङ जिल्लामा रहेका १२ वटै स्थानीय तहले एड्स नियन्त्रण गर्न पहल चाल्नुपर्ने र यो रोग न्यूनिकरण गर्न सबैले एक जुट भएर लाग्नुपर्ने बताएका थिए ।

कार्यक्रममा जयपृथ्वी नगरपालिकाका स्वास्थ्य साखा प्रमुख नैनबहादुर सिंहले यो कार्यक्रममा लक्षीत समूह जनप्रतिनिधि, व्यापारी र स्थानीयहरुको बाक्लो सहभागीता भए झनै प्रभावकारी हुने र आउँदा दिनहरुमा यो कार्यक्रम फराकिलो भएर जानुपर्ने बताए ।

त्यस्तै कार्यक्रम बोल्दै स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख दिपेन्द्र मिश्रले अन्तरक्रिया कार्यक्रम भनेको सरोकारवाला निकायहरुसँग अबका दिनहरूमा कसरी जाने भन्ने रहेको हुँदा आगामी दिनहरूमा यस कार्यक्रमलाई परिमार्जन गर्दै लैजाने बताए । कार्यक्रममा सरोकारवालाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया