बझाङमा ९१ केजी गाँजासहित तीन जना पक्राउ

बझाङ । बझाङ जिल्लामा ठुलो परिमाणमा अवैध गाँजासहित तीन जना पक्राउ परेका छन । आइतबार साँझ ५ बजे जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले खप्तड छान्ना गाँउपालिका वडा (गोरखाली बस्ने ६४ वर्षीय खडक खड्का, गोरखाको अजिरकोट गाउँपालिका–२ खरिकोट बस्ने ३८ वर्षीय सन्तोष गुरुङ र पर्साको सुकौली पटेर्वा गाउँपालिका–९ लक्ष्मीपुर बस्ने ५५ वर्षीय राम बहादुर गुरुङ पक्राउ गरेको हो ।

उनीहरुको साथबाट गाँजाको दाना र धुलो गरी ९१ केजी, ५ सय १५ ग्राम र गाँजा बनाउन प्रयोग गरिने सामान सहित प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी भरत शाहले बताए । शाहका अनुसार नियन्त्रणमा लिएका तीनै जनालाई जिल्ला अदालत बझाङले १५ दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा राखि अनुसन्धान भइरहेको समेत बताए ।

प्रतिक्रिया